मिति ३०३० साल स्थान चन्दमा प्रयोगशाला प्रयोग नम्बर ३१, ठूलो भवनमा म छु । सयौ सेनाका घेरा भित्र, कताकता डर पनि लाग्दै छ, यो प्रयोग सफल होला नहोला रु असफल भए मेरो जीवन के होला । एसीको त्यो एकोहोरो आवाजले कम्ता कानलाई सास्ती दिएका होइन, बूढो जो भएँ । तर यो बुढेसकालबाट मुक्त हुने दिन नजिकै छ । बुढेसकाल भन्नु एक्लो जीवन, एकजना कियर गिभरको साथ सधैँ । आफ्नो शरीर आफूलाई घाँडो हुँदा पनि केही गर्न नसकिने । पहिलापहिला धेरै बाँच्ने आशाले दीर्घजीवन भ्याक्सिन लगाइयो तर हिजो आज मर्न मन लाग्छ तर मनले के गर्नु रु छोराछोरी छन् भन्नु मात्र, कोही मंगलमा रे कोही चन्द्रमामा रे, त्यो ल्यापटपमा कति दिन बिताउनु झुर लाग्छ, पहिला म सानो हुँदा फेसबुक थियो, अहिले टाइमबुक भा छ ।
यो टाइमबुकमा आफ्नो उमेरका दौतरी मात्र जोड्न सकिन्छ, आफू जस्तासँग कुरा गर्यो, सधैँ समान कुरा, सबैको भोगाइ एक, उस्तै दुरुस्तै । गुनासो गरौं कहाँ गरौँ रु कति क्रूर छ यो विश्व सरकार, पहिला जस्तो यहाँ छैन देश सबै एक देश, एक भेष, एक भाषा । सेक्स ९स्त्री, पुरुषबीच० बन्देज छ यहाँ, सबै मेसिनबाट हुन्छ काम । बाबुछोरा चिन्न कठिन छ,। ट्यागको आधारमा आफ्नो हर्मोन चिन्नुपर्छ । यहाँ कोही गरिब छैन, कोही धनी छैन । सबैलाई समान हक अधिकार छ । समान श्रम, समान उपयोगिता । न धर्म छ न युद्ध छ । आज यो विश्व सरकार, विश्व जनता अनि विश्व वैज्ञानिकहरूका लागि विशेष दिन, आज यो प्राविधिक युगको नयाँ क्रान्तिको प्रयोग हुने दिन अनि त्यो प्रयोगका लागि छानिएको म । कताकता खुसी लाग्दै छ, कताकता दुःख पनि । अनौठो अनुभव हुँदै छ । आज विश्व जनता बडो कौतूहल भएर यो विशेष दिनलाई हेर्दै छन् ।
विश्व सरकारको नयाँ लक्ष्य भनेको नयाँ जन्मिने सन्तानलाई निरुत्साहित गरी विवेकशील पुराना मानिसलाई पुनः जवान बनाई उनीहरूको कला कौशललाई ऊर्जा दिनु हो । नयाँ जन्मिएका सन्तानबाट केही आशा गर्न कठिन छ, उनीहरू ज्ञानले युक्त हुन्छन् भन्ने पूर्ण भरोसा छैन । नयाँ पिँढी धेरै कुलतमा परेका, उनीहरूले कुनै प्रयोगात्मक कुरामा ध्यान नदिएकाले विश्व सरकारले यो नयाँ आविष्कार गर्दै छ । आज थोमस, ग्यालिलियो, आइस्टाइन जीवित भएका भए युगले नयाँ फड्को मार्ने थियो भन्ने निश्चित गरेर यो कदम चालिएको विश्व सरकारको धारणा छ । सन्तान जन्माउने कार्यले समयको बर्बाद मात्र हुने, नयाँ सन्तान भएपछि धेरै महिना निस्क्रिय हुने अनि सन्तानको भरणपोषण गर्ने चिन्ताले मानवलाई एउटा तनावको खाडलमा धकेल्दै छ । मानिसको महत्त्वपूर्ण समय खेर जाँदै छ, यो आजको यो विश्व मानवको हितमा छैन । यसैले धेरै लामो खोज अनुसन्धानकर्ताको मेहनतले आज बूढालाई पुनः जवान बनाउने प्रयोग हुँदै छ । त्यो प्रयोगको लागि छानिएको म डा। निचोर्ड ।
भोलिदेखि सबै पुरुषको शुक्रकीट मार्ने काम हुनेछ । भोलिदेखि कुनै महिलाले प्रसवको पीडा भोग्नु पर्दैन । नौ महिना दुःख झेल्नु पर्दैन, हुन त उनीहरूको आमा बन्ने हक खोसिंदै छ तर पनि सबैको प्रतिक्रिया यो कदमको स्वागतमै छ । खुसी नभएर दुःखी हुने अनि आन्दोलन गर्ने यी सबै सख्त बन्देज छ यहाँ, सरकारले पारित गरेको विधान नै कानुन हो आज । पहिलाजस्तो लिखित कानुन छैन हिजोआज । सरकारको विरुद्ध बोल्ने अनुमति कसैलाई छैन छ त केबल न्यायपालिकालाई, न्यायपालिकाले चाहेमा सरकारको आदेश उल्टाउन पनि सक्छ । त्यसैले सबैले एकै श्वरमा यो कानुनको स्वागत गरेका छन् साथमा न्यायपालिकाले पनि यो सरकारी कदमको खुलेर स्वागत गरेको छ । यो विश्व सरकार चाहन्छ यो दुनियामा अमन चयन कायम राख्न । विश्व सरकार युद्धको विरोधी हो, युद्ध गर्न, आन्दोलन गर्न यहाँ पाइन्न । आफूलाई चित्त नबुझेको कुरा उसले न्यायपालिका सामु राख्न सक्छ, त्यो विषयमा न्यायपालिकाको फैसलानै अन्तिम हुने गर्छ ।
मनमा हलचल यसरी चल्न थाल्यो कि विचारको ज्वारभाटाले डस्नु डस्यो, मलाई कस्तो नमज्जा पनि लाग्दै छ खुसी पनि लाग्दै छ, डर पनि लाग्दै छ यसरी एकैपटक मानवीय उद्वेग आएको पहिलोपटक होला, मन थाम्न कठिन हुँदै छ, तर यो मनलाई नबाँधेर पनि नहुने बाध्यता छ । अनौठो कुरीकुरी हुँदै छ मनमा । कुर्सीबाट उठेर झ्यालबाट बगैंचामा हेरे बगैंचामा चराहरू डुलेको देखेर मलाई ईश्या लाग्यो । त्यसै गरेर स्वतन्त्र हुन पाएँ हुनेजस्तो लाग्यो । सधैंको यो प्रयोगशालाको जीवनबाट मुक्ति हुन मन लाग्यो । सररर आकाशको शयर गर्दाको मज्जा अर्कै हुन्थ्यो होला भन्ने लाग्यो तर मलाई त्यो स्वतन्त्र कहाँ छ र म त एक यन्त्र न हुँ, एक मेसिनको मान्छे जस्तो न हुँ । अरूको प्रयोग हुने साधन न हुँ । मैले यो दुनियाँलाई धेरै आविस्कार दिएको छु । यो युगको एक सफल वैज्ञानिक हुँ म । कहिले कहिले त लाग्छ कुन दिनमा यो क्षेत्रमा आएछु रु आफूले आफूलाई नै धिक्कार्छु । तर कहिले भने खुसी लाग्छ यो दुनियाँले मलाई चिन्छ, मेरो आविस्कारलाई प्रयोग गर्छ । अब त झन् म चर्चित हुँदै छु, इतिहासमा मेरो नाम लेखिंदै छ । नयाँ प्रयोग यो पनि मेरो आविस्कार हो, यो खोजमा मैले मेरा हजारौं रात दिन बिताएको छु, मेरो दिमागको प्रयोग गरेको छु, अनि आज म नै यो प्रयोगका लागि तयारी हुँदै छु ।
मेरा सबै सहकर्मी तयार भए । म प्रयोगशालामा छु मैले अनुसन्धान गरेको त्यो ल्याबलाई अनि हेरे मैले बनाएका यी शिष्यलाई, यी सबैमा एउटा नयाँ चमक छ, एउटा आशा छ, एउटा विश्वास छ । सबै सफलताको स्वाद लिन आतुर छन्, अनि यी सबैका साथमा म पनि । मलाई बेहोस पारिनुअगाडि मेरो मुटु अनि रक्तचाप चेक गरियो, सबैमा म पास भएँ । त्यसपछि प्रयोग गर्ने स्थानमा सुताइयो अनि सोधियो डा। निचोर्ड हजुर तयार हुनुहुन्छ यो प्रयोगका लागि भनेर । एक मनले त तयार नभए पनि यो सरकारको इच्छा कसले उल्ट्याउने त तर त्यसो भनिन म तयार छु भने । ुनिचोर्ड यदि यो प्रयोग गर्दा गर्दै ज्यानको तलमाथि भएमा तपाईं आफैं यसको जिम्मेवार हुनुहुनेछ मञ्जुर छ रुु सहकर्मीको प्रश्न र यो प्रश्नले कताकता मलाई डर पलायो, मनमा डरको सत्ता हुँदा मान्छेको मुटु किन छिटो छिटो धड्किन्छ आज थाहा भो मलाई । डरलाई काबु गर्दै भनें, म मञ्जुर छु । त्यसपछि मलाई बेहोस पारियो ।
जब म बेहोसीबाट बाहिर आएँ सारा मेरो आँखाले देख्ने जति दुनियाँ सबै रंगीन देखे, लाग्दै थियो यो एउटा विजय जुलुस हो । सबैको मुहारमा एक प्रकारको चहक(महक देखें, हर्ष देखं अनि सफलताको क्रान्ति देखें । म होसमा आएपछि विश्व सरकार प्रमुखले मलाई बधाई दिए । ुडा निचोर्ड बधाई छ, अब यो ऐना हेर्नुस् हजुर जवान हुनु भो, हजुरले गरेको प्रयोग सफल भएको छ । अब हामीले नयाँ युगको थालनी गर्दै छौं यो सबै हजुरको लगनको प्रतिफल हो । ुमेरो अगाडि राखेको बडेमानको ऐनामा हेर्नुभन्दा पहिले मैले आँखा बन्द गरें अनि याद गरे मेरो दिन रातको मेहनतलाई । आज मेरो मेहनतको प्रतिफल हेर्दै थिएँ म, हुन त आजसम्म मैले धेरै आविस्कार गरेको थिएँ तर यो मेरो जीवनको विशेष आविस्कार थियो, मेरो लागि मात्र होइन यो विश्वलाई नै नयाँ अनि विशेष थियो र हुनेछ । ऐनाअगाडि उभिएँ बिस्तारै आँखा खेरे अहो मलाई विश्वास नै भएन, साँच्चै म जवान भएको थिएँ । मेरो बाहिरी आवरण मात्र होइन भित्री मन पनि जवान भएको थियो । म भित्र जवानीको ताजगी, जोस भरिएको थियो । अनायासै म उफ्रिएँ, कराएँ, विजयको त्यो दिनलाई सम्झएिर मुक्कुराएँ ।